विराटनगरको बजारमा मास्क नलगाइ हिड्नेलाई मोरङ प्रहरीले कडाई गर्दै

विराटनगरको बजारमा मास्क नलगाइ हिड्नेलाई मोरङ प्रहरीले कडाई गर्दै

प्रेम देवान
विराटनगर । बजारमा मास्क नलगाई हिड्ने आम सर्वसाधरणलाई मोरङ प्र्रहरीले कडाई गर्न थालेको छ ।
लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेका छ । यसैबीच यता विराटनगरका बजारमा मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई प्रहरीले निगरानी बढाउन थालेको हो ।


जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले विभिन्न स्थानमा मास्क नलगाई हिड्नेलाई पहिलो चरण अन्र्तगत सम्झाई बुझाई छाड्ने गरेको छ । प्रहरीले मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई तत्काल छेउमा रहेका पसलहरुमा मास्क खरिद गर्न लगाई मास्क लगाउन आग्रह गरेका छन् । कतिपय स्थानमा मास्क नलाउनेहरुका लागी प्रहरी आफैले मास्क वितरण गरिरहेका छन् ।
बजारमा निस्कदाँ मास्क लगाउँनु पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा यस अघि नै परिपत्र जारी गरीसकेको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दुरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी निर्देशक दिइएको छ ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुुसार सुरुका दिनमा सम्झाई बुझाई छाड्ने र बारम्बार पालना अटेर गरे संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिनेछ ।
यसका लागी यहाँ स्थानिय निकाय र सरोकारवालाहरुसँग छलफल गरी मास्क नलगाउनेहरुमाथि कडा निगरानी र कानुनी दायरासम्म ल्याउने तयारी रहेको एसपी खड्काले जानकारी दिनुभयो । एसपी खड्काले भने, ‘आजमात्र जिल्ला प्रशासनमा यस विषयमा छलफल भएको छ भोलीदेखी अन्य निकायहरुसँग छलफल गर्ने तयारी रहेको छ ।’

विराटनगरमा अहिले दिनप्रतिदिन कोरोनाका संक्रमण पनि बढ्दै गएका कारण यसको जोखिमबाट बच्न अब घरबाट बाहिर निस्कदा अनिवार्या रुपमा मास्क , सेनिटाईजर र भौतिक दुरीको ख्याल गर्न समेत मोरङ प्रहरी प्रमुख खड्काले आम सर्वसाधरणलाई आग्रह गरेका छन् ।
उहाँका अनुसार स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दुरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिनेछ । लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएपछि मंगलबारदेखि कोहिपनि बाहिर निस्कँदा मास्क अनिवार्य गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्