मोरङ रतुवामाईमा बिरामी बोक्ने झोलुङ्गे !

मोरङ रतुवामाईमा बिरामी बोक्ने झोलुङ्गे !

रबिन्द्र बराल
रंगेली । मोरङ रतुवामाई नगरपालिका–९ सगरमाथा टोलका अम्बरबहादुर खड्का बिरामी भएपछि उनलाई झोलुङ्गेमा बोकेर सडकसम्म निकाल्नु प¥यो । दुर्गम पहाडमा बेंसी क्षेत्रका नागरिक विरामी पर्दा उपचारका लागि अस्पताल लैजाने क्रममा मुख्य राजमार्गसम्म प्रयोग गरिने झोलुङ्गे तराईको समथर भू–भाग मोरङमा समेत प्रयोगमा ल्याउनु परेको हो ।

नगरपालिका भएपनि हिलाम्य सडकका कारण खड्काको घरसम्म एम्बुलेन्स पुग्न नसकेपछि चार सय मिटर दुरीसम्म झोलुङ्गेको सहारा लिएर विरामीलाई उपचारका लागि पठाइएको थियो ।
स्ट्रेचरको अभावलाई झेल्न विकल्पमा झोलुङ्गे प्रयोग गरिन्छ । घरमा भएकामध्ये सिरकको खोल वा तन्नालाई बाँसमा झोलुङ्गे बनाएर बाँधिन्छ । त्यहि कपडामा बन्ने झोलुङ्गेमा विरामीलाई सुताइन्छ । बाँसको दुई छेउमा एकएक जनाले बोकेर गन्तव्यसम्म पु¥याइन्छ । लामो बाटो भए कपडाको चार चोसा दुईवटा बाँसमा बाँधेर चारजनाले बोक्ने सक्ने बनाउने समेत मिल्छ ।

वर्षायाम सुरु भए पछि तराईका धेरै क्षेत्रका सडक हिलाम्य भएका छन् । कतिपय स्थानको बस्ती नै डुबानमा समेत परेका छन् । मोरङका स्थानीय तहमा शाखा र उपशाखा सडक हिलाम्य भएपछि सडक भएपनि एम्बुलेन्स जान सक्दैनन् ।
रतुवामाई सगरमाथा टोलका खड्काको घर जनता माध्यमिक विधालयबाट चारसय मिटर पश्चिम रहेपनि एम्बुलेन्स पुग्न सकेन । चार मिटरसम्म बिरामीलाई बोकेर ल्याउनका लागि झोलुङ्गे आवश्यक परेको थियो । वर्षेनी त्यहि सडकमा सास्ती बेहोर्नु पर्ने बाध्यता रहेका स्थानीयले बारम्बार स्थानीय सरकारसँग सडक स्तरोन्नतीको माग गर्दा समेत कुनै पहल गरिएको छैन । मुख्य सडकसम्म झोलुङ्गेमा बिरामी बोकेर ल्याउनु पर्दा आक्रोशित स्थानीय नागरिकले आगामी निर्वाचनमा मत माग्न आउँदा होस् गर्न चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्