अबैध माछाको भुरा र मरिच बरामद

<span class='c1'>अबैध माछाको भुरा</span> <span class='c2'>र मरिच बरामद</span>

विराटनगर । मोरङ जहदा गाउँपालिका–७ महादेब टोलबाट मझारे प्रहरी चौकीको टोलिले अवैध रुपमा भारतबाट ल्याएको माछाको भुरा नियन्त्रणमा लिइएको हो । प्रहरीले को ३९ प ९१ नं. को मोटरसाइकमा भुरा बोकेर ल्याउँदै गरेको अवस्थामा जहदा–२ का ब्रीसेज कुमार सहनीलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी १२ केजी माछाको भुरा फेला परेकोले मोटरसाइकलसहित पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी विराटनगर–१८ कालाबन्जरबाट अवैध रुपमा भारत लैजादै गरेको २० केजी मरिच समेत बरामद गरिएको छ ।
दश हजार मूल्य बराबरको कालो मरिच इलाका प्रहरी कार्यालय बुधनगरको टोलिले नियन्त्रणमा लिइएको हो । मरिच बोक्ने व्यक्ति भने साइकल छोडेर फरार भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्