प्रदेश १ मा कोरोना संक्रमण : १४ डिस्चार्ज, २ जना सक्रमित थपिए

प्रदेश १ मा कोरोना संक्रमण : १४ डिस्चार्ज, २ जना सक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट बिहीबार १४ जना डिस्चार्ज भएका छन् । तीनवटा आईसोलेशन अस्पतालबाट २ महिला र १२ पुरुष डिस्चार्ज भएका हुन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ९ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट २ जना डिस्चार्ज भएका हुन ।
योसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय ४१ पुगेको छ ।

प्रदेश १ मा बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् । झापा र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७०४ पुगेको छ । प्रदेश १ का विभिन्न अस्पतालमा १८४ जना उपचारतः रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्