भारतीय च्यानलहरुको नेपालमा प्रसारण बन्द

भारतीय च्यानलहरुको नेपालमा प्रसारण बन्द

विराटनगर । नेपालमा भारतीय च्यानलहरुको प्रसारण बन्द गरिने भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने भएका हुन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको जनाएका छन् ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको हो । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याउँदा पूर्ण रुपमा बन्द हुने संभावना रहँदैन ।

सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् । डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेपछि अब नेपालमा टेलिभिजनको पर्दामा भारतीय च्यानलहरु आउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्