सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, आज रातीबाट थप बढ्न सक्ने आंकलन

सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, आज रातीबाट थप बढ्न सक्ने आंकलन

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।
कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।
पूर्वी पहाडी भेगमा जारी निरन्तरको बर्षासँगै कोशी नदीको जलस्तर बढेको हो ।

सप्तकोशी नदीमा हिजोको तुलनामा आज पानीको बहाव बढ्दो क्रममा देखिएको छ । पहाडी भेगमा भएको वर्षाको पानी नदीमा मिसिएर मापनमा आइपुग्न घण्टौं लाग्ने भएकाले समेत कोशीको बहाव आज रातीबाट थप बढ्न सक्ने आंकलन गरिएको छ । कोशीको चतरा मापन केन्द्रले दिएको जानकारी अनुसार सो स्थानमा यतिबेला पानीको सतह सर्तकता तहमा पुग्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्