कास्कीमा पहिरोमा परी ७ को मृत्यु , ८ घाइते घटना स्थलमा व्यापक उद्धार टोली परिचालन

कास्कीमा पहिरोमा परी ७ को मृत्यु , ८ घाइते घटना स्थलमा व्यापक उद्धार टोली परिचालन

कास्की । अविरल वर्षासँगै आएको पहिरोले कास्कीमा घर बगाउँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार बिहान २ः४५ बजेको समयमा पोखरा महानगरपालिका(१८ सराङकोट गोठादीस्थित आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेहरूमा सराङकोटमा ५० बर्षका टंक थापा, उनकी श्रीमती ४५ बर्षीया सोम माया थापा, ११ बर्षका ईश्वरी थापा मगर, ६ बर्षका सुवान थापा र १ जना श्रेष्ठ थरका ब्यक्तिको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा महानगरपालिका २५ हेमजाका रामचन्द्र अधिकारीको घर बगाउदा उनका ७० बर्षीय हिमकलि अधिकारी ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी पहिरोमा परी ज्यान गुमाउनेमा पोखरा २६ का दुर्गा बहादुर सुनार रहेका छन् । पहिरोले स्थानीय टङ्कबहादुर थापासहित अन्य केही घर बगाउदा उनीहरूको ज्यान गएको प्रहरीको भनाइ छ । थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम भएकाले उनको घरमा धेरै संख्यामा मानिस भेला भएका थिए ।
घटनामा तीन वटा बाख्रा पनि पुरिएका छन् । त्यस्तै पोखरा(१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको पनि घर बगाएको हो । अन्य ८ जना घाइते भएका छन् । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्