क्वारेन्टाइनबाट भागेका युवक मोटरसाइकल दुर्घटनामा घाइते

क्वारेन्टाइनबाट भागेका युवक मोटरसाइकल दुर्घटनामा घाइते

तुलसीपुर । मावि सेन्टर स्कुल तुलसीपुरको क्वारेन्टाइनमा बसेका भनिएका युवक डोक्रेनामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

मावि सेन्टर स्कुलको क्वारेन्टाइनबाट हिजो साँझ भागेका तुलसीपुर–१४ भोजपुर निवासी ३१ बर्षका शिव प्रसाद डाँगी राति साढे १० बजे मोटरसाइकल दुर्घटनामा परेका हुन् । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । डाँगी रा १ प ६२५० नम्बरको मोटरसाईकलमा भागेर घर जाँदै थिए । डाँगी क्वारेन्टाइनमा बसको ६ पछि भागेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्