भारतमा एकैदिन साढे २६ हजार कोरोना संक्रमित थपिए , भारतमा सात लाख ९३ हजार ८०२ पुग्यो

भारतमा एकैदिन साढे २६ हजार कोरोना संक्रमित थपिए , भारतमा सात लाख ९३ हजार ८०२ पुग्यो

बीबीसी । भारतमा दिनप्रतिदिन कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ हजार पाँचसय ६ जना कोरोना संक्रमित थपिएका छन् । यो एक दिनमा कोरोना संक्रमित हुने मानिसहरुको संख्यामा अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार सार्वजनिक तथ्यांकअनुसार झन्डै २५ हजार संक्रमित थपिएका थिए । भारतमा कोरोना संक्रमितको संख्या सात लाख ९३ हजार ८०२ पुगेको बीबीसीले जनाएको छ । बीबीसीले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै पछिल्लो २४ घण्टामा चार सय ७५ जना संक्रमितको मृत्यु भएको जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार ६०४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्