प्रदेश एकका एक दर्जन श्रष्टा ५० हजार नगद सहित सम्मानित हुदै

प्रदेश एकका एक दर्जन श्रष्टा ५० हजार नगद सहित सम्मानित हुदै

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनुहुने भएको हो ।


प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार्यदलले शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष सम्मानित श्रष्टाहरुको नाम सिफारिस गरेको छ । कार्यदलको सिफारिस अनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका श्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको छ । यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो ।

भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनु हुने भएको छ । ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शेर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती–सोलु, रंगकला तर्फ कविता नेपाल–झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी–मोरङ, नृत्यकला तर्फ मायाँ पौडेल–मोरङ, गितरसंगीत तर्फ वीरध्वज शिवा–मोरङ, लाई सम्मानित गरिने भएको छ । उहाँहरुलाई जनही ५०–५० हजार नगद प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पुर्याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान शुरु गरेको हो । श्रष्टाहरुलाई आगामी असार २९ गते सोमबार दिउँसो १ वजे आरोहण गुरुकुल विराटनगरमा सम्मान गर्ने कार्यक्रम राखिएको कार्यदलका सदस्यसचिव सुर्यराज घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्