एकजना भारतीयसहित सातजना लागुऔषध कारोबारी पक्राउ

एकजना भारतीयसहित सातजना लागुऔषध कारोबारी पक्राउ

विराटनगर । प्रहरीले भारतबाट भित्र्याएको लागुऔषधसहित सातजनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका–६ श्रीपुरका सुनिल कुमार मुखिया, सुनिल कुमार यादब, बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र–१ चतराका राजु शर्मा, वराहाक्षेत्र–९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेको प्रदेश १ प्रहरी कार्यालय सुचना समन्वय शाखाका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिएका छन ।

उनीहरुमध्ये कोशी कटान क्षेत्रबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिल कुमार मुखीयालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिइएको थियो । उनलाई नियन्त्रणमा लिइसँगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई उनकै बयानका आधारमा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका हरुको साथबाट ३२६ बोतल डाईलेक्स डि.सी., स्पास्मोपोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्