विराटनगरका तारे होटलका पीडा : (भिडियो रिर्पोट सहित)

विराटनगरका तारे होटलका पीडा : (भिडियो रिर्पोट सहित)

प्रेम देवान
विराटनगर । लामो समय सम्मको बन्दाबन्दीले गर्दा विराटनगरका ठूला, मझौला तथा साना होटल व्यावसायी यतिबेला सबैभन्दा बढी मार खेप्न वाध्य भएका छन् । कोराना भाईरस कोभिड १९ का कारण साढे तीन महिना भन्दा बढी लामो समयदेखी यहाँका ठूला तथा साना होटलका गेट र सटरमा ताला लगाइएका छन् ।

 

साना होटल व्यावसायीले त जसोतसो आफ्नो व्यापार सुरु गरिरहेका छन् भने ठूला तारे होटलको अवस्था नाजुक नै बनिसकेको छ । यसको प्रत्यक्ष उदाहण हेर्न सकिन्छ विराटनगरको सबैभन्दा पुरानो नाम चलेको ३ तारे होटल जेनियल । २२ वर्ष अगाडी सञ्चालनमा आएको होटलले आफ्ना ५५ जना स्थायी कर्मचारीलाई विदाई .गर्दै होटल बन्द भएको सुचना नै प्रकाशित गरेको छ ।
जेनिय होटल जस्तै विराटनगरका अन्य ठूला होटलहरु पनि अब बन्द हुने अवस्थामा पुगेका छन् । न त सरकारले नै होटल व्यावसायीको राहत नै दिन्छ न त बैंकहरुले पीडा बुज्छन् । अब होटलमा ताला लगाएर सरकारलाई नै चाबी बुझाउन मात्र बाँकी रहेको यहाँका होटल व्यावसायीहरुको भनाई छ ।


पर्यटन वर्ष २०२० घोषणा गरिएपछि विराटनगरका पर्यटन व्यवसायीले होटलको सेवा सुविधा बृद्धि गर्न स्तरोन्नतीमा लगानी गरे । पर्यटन वर्षको औपचारिक सुरुवात सरकारले तामझाममा ग¥यो । तर, उत्साहजनक भने थिएन । होटलको स्तरोन्नतीमा लगानी गरेका पर्यटन व्यवसायीले आफ्नै पहलमा विराटनगरमा पनि राम्रा र उत्कृष्ट सेवा दिनसक्नेस्तरका होटल रहेको प्रचार गरे । होटल बुकिङ सुरु भएको थियो, त्यसैबेला कोरोना महामारीले विश्वलाई खुम्च्याउँदै आफ्नै देशमा मात्रै नभई घरभित्रै बस्न बाध्य बनाई दियो ।

 

त्यसैको मारले विराटनगरका ठूला तथा साना होटल नराम्ररी प्रभावमा पर्यो । अन्तत विराटनगरका लागी एउटा छुटै छाप र पहिचान बोकेको ३ तारे स्तरको होटल जेनियल पूर्ण रुपमा बन्द भएको घोषणा गर्ने अवस्थामा पुगेको हो । २२ वर्ष अगाडी भ्रमण वर्ष १९९८ लाई लक्षित गरेर सञ्चालनमा आएको होटल २२ वर्षपछिको पर्यटन वर्षमा बन्द हुनुपर्ने बाध्यता आईपरेपछि व्यवस्थापन पक्षले सार्वजनिक सुचना निकालेर अन्तत बन्द नै गर्नुपर्यो ।


पर्यटकीयस्तरको तारे होटल बन्द भएसँगै विराटनगरका अन्य होटल व्यवसायीलाई समेत यसले थप चिन्ता बढाएको छ । साढे तीन महिनासम्मको बन्दाबन्दीले गर्दा सबैभन्दा ठूलो मार पर्यटन होटल व्यावसायीमाथी परेको क्षेत्रीय होटल व्यवसायी संघ विराटनगरका अध्यक्ष एवंम होटल एशोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले बताउनुभयो ।
पर्यटन व्यावसायी सबैभन्दा ठूलो असर परेका कारण बैंकबाट लिएको ऋणको ब्याजमा सरकारले केही सहुलियत दिन सके राम्रो हुने श्रेष्ठको अपेक्षा छ । यस्तो अवस्थामा राज्यले हेर्नुपर्ने हो, यदि राज्यबाट कुनै पनि सहयोग मिलेन भने भोलीको दिनमा जेनियल जस्तै धेरै होटल बन्द हुने निश्चित रहेको श्रेष्ठको दावी छ ।

विराटनगर ९ रोडशेषमा रहेको होटल प्यासाफिकका संचालक सुरेस भट्टराई भन्नुहुन्छ लामो समय सम्मको बन्दाबन्दीले होटल व्यावसायलाई त चौपट नै बनाएको छ । ‘अन्य साना होटलहरुले जसोतसो चलाईरहेका छन्, तर ठूला होटलको हालत भने डामाडोल अवस्थामा पुगेको छ ।’ होटलमा पानी पीउन सम्म आउदैनन् भट्टराईले यसरी गुनासो गरे ।
बैंकहरुबाट लिएको कर्जामा ब्याजको लागि केही सहुलित दिन सके होटल व्यावसायीलाई राम्रो राहत मिल्ने भट्टराईको भनाई छ । तर राज्यले ४ महिना सम्मको बन्दबन्दीमा केही पहल गरेन भने होटलका चाही सरकारलाई बुझाउने अवस्था आउन भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्