विराटनगरका दुई पसलमा म्याद गुज्रेको खाद्यवस्तु बिक्री गरेको पाइएपछि जरिवाना

विराटनगरका दुई पसलमा म्याद गुज्रेको खाद्यवस्तु बिक्री गरेको पाइएपछि जरिवाना

विराटनगर । विराटगनरका दुई वटा पसलले म्याद गुज्रेको खाद्यवस्तु बिक्री गरेको आरोपमा कारवाहीमा परेका छन् ।
उपभोग्य मिति नाघेको खाद्यवस्तु बिक्री गर्दै विराटनगर–९ महाबिर रोडस्थित क्वालिटी सर्कल र गुद्रिको शिव फुट सेन्टर कारवाहीमा परेका हुन् ।

शुक्राबार अनुगमनका क्रममा दुवै पसलमा म्याद गुज्रेको वस्तु बिक्री भएको पाइएको र बिल बिजक नराखि सामान बिक्री गरेको पाइएपछि कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिएका छन् ।
कारवाहीमा परेकाहरुमध्ये क्वालिटी सर्कललाई २० हजार र शिव फुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवना भराइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसायजन्य क्रियाकलाप गर्न नहुने र गरिएको पाइएका तत्काल कारवाही गर्न सकिने प्रावधान रहेको छ ।


अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम म्याद गुज्रिएको र खरिद बिल बिजकबीना खाद्य सामग्री बेचबिखन गरेको पाइएपछि कारवाहीको दायरमा ल्याइएको हो । शुक्रबारनै विराटनगरको गुद्रि स्थित बालाजी घ्यु उद्योगमा पनि टोलीले अनुगमन गरेको छ । उत्कादकले मापदण्ड अनुसार उत्पादन गरेकोमा आशंका भएपनि परीक्षणका लागि नमूना लगिएको बरालले जानकारी दिएका छन् ।

कार्यालयले चालु आर्थिक वर्ष २०७६÷७७ मा १५० व्यवसायिक फर्महरुको अनुगमन गरेको छ । ति फर्महरु अनुगमनका क्रममा कानून विपरित बिक्री वितरण र कारोवार गर्ने पसल, उद्योग आदिलाई जरीवाना समेत गरेको छ । चालु वर्षमा विभिन्न फर्महरुले १२ लाख ८५ हजार रुपैयाँ जरिवाना तिरेका छन् भने धेरैलाई सचेत हुन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्