२५ श्रावण २०७७, आईतवार

लायन्स क्लव अफ पाथिभराको रक्तदान कार्यक्रम

विराटनगर । रगतको अभाव हुन थालेपछि सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मकालु टेलिभिजन परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिएकी हुन् ।

यसअघि संस्थाले मानव सेवा आश्रमका आश्रितहरूलाई भोजन खुवाएको थिया । कोरोना संक्रमणको जोखिमका कारण रक्तदान कार्यक्रमहरू नहुँदा मानव स्वास्थ्य जोखिममा पर्न सक्ने संभावनालाई आंकलन गर्दै रक्तदान कार्यक्रम राखिएको अध्यक्ष शाहले बताएकी छिन् । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधि सहयोगमा सञ्चालित कार्यक्रममा आयोजक संस्थाका सदस्य, मकालु टेलिभिजन, टिभी नेट प्रालि अर्थ अटो ह्वील्सका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानको वार्षिक १५ हजार रगत संकलन गर्ने अभियानअन्तर्गत पछिल्लो हप्ता मात्रै १५ सय ८२ पिन्ट तथा पूर्व क्षेत्रमा मात्रै ८ सय ७९ पिन्ट रगत संकलन गरिएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका रक्तदान कार्यक्रमका संयोजक मोहन अधिकारी जानकारी दिए । उनले रेडक्रसमा उपलब्ध हुने रगतमध्ये लायन्सका तर्फबाट ३८ प्रतिशत उपलब्ध हुने उल्लेख गरे ।
कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेललगायत लायन्सका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130