सप्तकोशी नदीमा जलसहत बढ्दो, नदि तटिय क्षेत्रका नागरिकलाई सचेत रहन बाढी बुलेटिन

सप्तकोशी नदीमा जलसहत बढ्दो, नदि तटिय क्षेत्रका नागरिकलाई सचेत रहन बाढी बुलेटिन

विराटनगर । सप्तकोशी नदीमा पानीको सतह खतरा उन्मुख हुँदै गएको भन्दै कोशी ब्यारेज कन्ट्रोल रुमले प्रदेश १ र २ का नदी तटिय क्षेत्रका बासिन्दालाई सावधानिपूर्वक बस्न आग्रह गरेको छ ।
शनिबार कन्ट्रोल रुमले बाढी बुलेटिन सार्वजानिक गर्दै भनेको छ–प्रदेश नं १ र २ मा आगामी ४८ घण्टा भारी वर्षा हुने, कोशी नदीको बहाव अत्यधिक खतरामा पर्ने र यो बढ्दो चलन छ तटीय क्षेत्रबाट टाढा रहने ।
सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी तथा तराई क्षेत्रमा निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।
नदिमा शुक्रबार (हिजो) बिहान १० बजे पानीको बहाव २ लाख ७५ हजार ७१५ क्यूसेक मापन भएको थियो । यो निरन्तर बढ्दो क्रममा रहेकोले सतकर्ता अपनाउन भनिएको छ ।
कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३७ वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । तर निरन्तर रुपममा यो अझै ४८ घण्टासम्म खतरापूर्ण तवरले बढ्ने बताइएको छ ।
अहिले पनि भारी वर्षा भईरहेकोले उच्च सावधानी र सतर्कता आवश्यक रहेको भन्दै नदी तटिय क्षेत्रका नागरिकलाई जोखिमको पूर्व सूचना दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्