विराटनगरको राधाकृष्ण रथयात्रा स्थगित

विराटनगरको राधाकृष्ण रथयात्रा स्थगित

विराटनगर । धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष रोकिने भएको छ । कोभिड–१९ संक्रमण जोखिमको कारण देखाउँदै श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिले रथयात्रा स्थगन गर्ने निर्णय गरेको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले सार्वजानिक रुपमा रथयात्रा गर्न असमर्थ रहेको जानकारी दिएका हुन् । उनले साउन १५ देखि २७ गतेसम्म हुने झुलन महोत्सव तथा २८ गतेको राधाकृष्ण रथयात्राको कार्यक्रम सार्वजानिक रुपमा आयोजना नगरिने बताएका छन् ।

सार्वजानिक रुपमा ननिकाल्ने रथयात्रा कार्यसमितिले चुनेका समिति तथा पदाधिकारी र पण्डितहरुले आन्तरिक रुपमा आयोजना गर्ने उल्लेख छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा निकाय परिचालन गरिने बताइएको छ ।

विराटनगरको यो रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट भक्तजनहरु सहभागी हुने गरेका थिए । १९८८ सालदेखि खटयात्राबाट यसको प्रारम्भ गरिएको थियो । २०२५ सालमा विशाल रथयात्रा बनाएर यसलाई बजार परिक्रममा गराउने प्रचलन रहँदै आएको थियो । प्रत्येक वर्ष पाँच लाख भक्तजन आउने अनुमान गरिदैं आएको थियो । पछिल्लो दिनमा विराटनगरको रथयात्रा जस्तै गाउँगाउँमा रथयत्रा सुरु गरिएपछि भक्तजनको संख्या घट्दो क्रममा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्