नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमान्डौँ । कोरोनाका कारण नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो ।

काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । “स्वासप्रश्वासमा समस्या रहेकाले कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो,” केएमसी अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले भने, “नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापनका लागि लगेको छ ।” नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । ८ हजार ११ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्