प्रहरीलाई धम्की दिएर तस्करी गर्ने विराटनगरका रामजी पक्राउ

प्रहरीलाई धम्की दिएर तस्करी गर्ने विराटनगरका रामजी पक्राउ

विराटनगर । ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएर तस्करी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर –१५ का ३९ वर्षीय रामजी मण्डललाई पक्राउ गरेको छ ।मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । मरिच र मटर भारततर्फ र रजनीगन्धाको नेपालतर्फ तस्करी हुने गरेको प्रहरीको अनुन्धानबाट खुलेको छ ।

मण्डलविरुद्ध प्रहरीले केही दिन अघि अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो । फरार रहेका मण्डललाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेत्रृत्वको टोलीले शुक्रबारराति पक्राउ गरेको हो । मण्डलले तस्करी नियन्त्रण खटिएका प्रहरीलाई अन्यत्र सरुवा गरिदिने र जागिरसमेत खाइदिने भन्दै धम्की दिदै आएका थिए । प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा १४ असारमा विराटनगर–१६ दरैयाबाट ठूलो परिणामको मटर बरामद गरेको थियो ।

प्रहरीले त्यतिबेला एक लाख ९५ हजार मूल्य बढीको दुई हजार चार सय २५ किलो मटर र मटर लोड गरिएको को १ त ६२१९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मटर तस्करीमा मण्डलको संलग्नता रहेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्