संखुवासभाको सिलिङचोङ बेसिन्दामा आठ घर पहिरोले बगाउँदा ११ जना वेपत्ता

संखुवासभाको सिलिङचोङ बेसिन्दामा आठ घर पहिरोले बगाउँदा ११ जना वेपत्ता

विराटनगर । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरोले ८ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यका अनुसार वेपत्ताहरु पहिरोमै पुरिएका छन् भन्ने यकिन भने भईसकेको छैन ।

घटनास्थलमा सुसाटारबाट प्रहरीको टोलि जाँदै गरेको र अहिलेसम्म पुगिनसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन् । सुसाटारबाट घटनास्थल बेसिन्दा पुग्न ६ घण्टा लाग्छ, प्रमुख जिल्ला अधिकारी आचार्यले भने–अब दुई घण्टामा प्रहरीको टोलि पुग्छ भन्ने आएको छ । त्यस बाहेक जिल्लाबाट समेत थप सुरक्षाकर्मीसहित उद्धारको टोलि जाने तयारी भईरहेको जानकारी दिइएको छ ।

स्थानीयवासी मदन राईका अनुसार राती १२ बजे झरेको पहिरोले कुलुङ राईहरु बसेको बस्ती पुरेको हो । घर भएका क्षेत्रमा समेत पहिलो चलेका कारण घरहरु बगाएको छ । डाँडा झरेर पुरिएको पनि छ र बगाएको पनि छ, राईले भने, प्रहरीको टोलि आउँदैछ भन्ने सुनिराख्या छौं ।
प्रदेश १ प्रहरी कार्यालयको सुचना समन्वय शाखाका अनुसार हराएका भनिएको ३ जना सम्पर्कमा पुगेपछि पनि थप ११ जना सम्पर्कविहीन रहेको स्थानीयले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्