२० श्रावण २०७७, मंगलवार

मोरङमा बाढी–पहिरोको कहर : १८ घर विस्थापित, उर्लावारीमा धान खेतमा बक्राहा पस्यो

विराटनगर । अबिरल बर्षाको कारण मोरङका विभिन्न स्थानमा खोलामा आएको बाढी तथा पहिरो समेत चल्दा जमिन तथा घरहरुमा क्षति पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, खानेपोखरी, उर्लावारी, मिक्काजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु¥याएको हो ।


चिसाङ खोलामा आएको बाढीले मोरङको कानेपोखरी गाउापालिका–५ स्थित दुखीटोल छेउमा कटान गर्दा सातवटा घर जोखिममा परेका छन् ।
खोलाले कटान सुरु गरेपछि सात घर परिवारका ३२ जनालाई स्थानीय भन्सावारी प्रा.बि.मा सार्ने तयारी भई रहेको छ ।
प्रहरी चौकी रमाइलोको टोलि घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोलाले हालसम्म दुई बिघा क्षेत्रफलको कटान गरिसकेको बताइएको छ ।

यसैगरी मोरङ उर्लाबारी–३ मंगलबारेमा बक्राहा खोलाको बाढी पस्दा १६ घरपरिवारको खेति डुबानमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय रोयल श्रेष्ठको १० कठ्ठा, उर्लावारी–३ निर्मला राउतको ५ कठ्ठा, कौशिला लिम्बुको २० कठ्ठा, चन्द्र गौतमको ११ कठ्ठा, सूर्यप्रसाद गौतमको ११ कठ्ठा, लिला गौतमको ११ कठ्ठा, तिलक थापाको ८ कठ्ठामा क्षति पु¥याएको हो ।
यसैगरी भिम डाँगीको १८ कठ्ठा, बम डाँगीको ३० कठ्ठा, मनुलाल उरावको २० कठ्ठा, यसोदा राईको १० कठ्ठा, अम्बिका थापाको १० कठ्ठा, सन्जय राउतको १० कठ्ठा र योगेन्द्र खड्काको ४० कठ्ठा क्षति पु¥याएको प्रहरीले जनाएको छ । उर्लावारी–३ कै रुपा राईको ५ कठ्ठा, पर्शुराम राउतको १५ कठ्ठामा समेत क्षति पु¥याएकोले उक्त स्थानमा अस्थायी प्रहरी चौकी मंगलबारेको टोलि परिचालन गरिएको जनाइएको छ ।

मोरङर्कै मिक्साजुङ गाउँपालिका–२ कुवापनीमा रनकुमार राईको काठ र टिनको छाना भएको दुई तले दुईवटा घर पहिरोले पुरिएको छ । पहिरोले घर पुरिँदा ६ लाख रुपैयाको क्षति पुगेको हो ।


विराटनगर महानगरपालिका–६ मा केशलिया खोलाको बाढीका कारण दश घर डुबानमा परेका छन् । खोलामा बाढीको सतह बढेपछि पानी वस्तीमा पस्दा सिम्राही टोलका स्थानीयलाई बखरी प्रा.वि.मा सार्ने तयारी भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949