बाढीले पोल ढलेपछि खोटाङ, ओखलढुंगा र सोलुमा विद्युत आपूर्ति बन्द

बाढीले पोल ढलेपछि खोटाङ, ओखलढुंगा र सोलुमा विद्युत आपूर्ति बन्द

विराटनगर । प्रदेश १ का तीन जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ । उदयपुरको त्रियुगा खोलामा आएको बाढीले बिजुलीको खम्बा ढलेपछि प्रदेश १ का तीन जिल्लामा विद्युत आपुर्ती बन्द भएको हो।

गाइघाट दिक्तेल ३३ केभी प्रशारण लाइनको दुई ओटा पोल ढलेका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा शनिबारदेखि विद्युत आपुर्ति बन्द भएको हो । विद्युत आपुर्ति बन्द भएपछि हजारौं उपभोक्ता विद्युत सेवाबाट बञ्चित भएका हुन् ।

खोलामा बाढी नियन्त्रण नभएकोले मर्मत कार्य अघि बढाउन नसकेको र मर्मतका लागि केही दिन लाग्नसक्ने नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्