विराटनगरको सिमराई र दरैयाको वस्तीमा केशलियाको बाढी

विराटनगरको सिमराई र दरैयाको वस्तीमा केशलियाको बाढी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ७ र ६ बाट केसलिया खोलाले कटान गर्दा खोलाको बाढी विराटनगर–१२ बखरीको सिमराइ र विराटनगर–१६ को दरैया बस्ती डुबानमा परेको छ । बखरीका घरमा बाढी पसेपछि ३० घरपरिवार विस्थापित भएका हुन् भने दरैयाका अधिकांश घरहरु डुबानका परेका हुन् ।


अबिरल वर्षासँगै आएको बाढी बस्ती पसेपछि आइतबार बिहानै बखरीको सिमराही बस्तीका ३० घरपरिवार विस्थापित भएका छन् ।
बाढी र डुबानका कारण विस्थापित भएका सिमराइ बस्तीका ३० घर परिवारका करिब १५० जनालाई उद्धार गरी विराटनगर–१२ बखरी स्कूलमा सुरक्षित राखिएको छ ।


वडाअध्यक्ष हिरालाल कामतका अनुसार विस्थापित भई बखरी स्कूलमा बसेका परिवारहरूलाई विराटनगर महानगरपालिका र वडा कार्यालयले राहत वितरण गर्ने गरेको छ ।
विराटनगरको ब्रमापुरा समेत डुबानको जोखिममा परेको छ । बाढीका कारण वडा नम्बर १२ र वडा नम्बर ६ का केही घर डुबानमा परेको छ । खोला छेउमा रहेकाहरूलाई प्रहरीले सर्तक रहन आग्रह गरेको छ । केसलियाको बाढी विराटनगर–६ ब्रम्हपुराबाट बस्तीमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्