प्रदेश १ बाट २२ जना डिस्चार्ज

प्रदेश १ बाट २२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट आइतबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५७१ पुगेको छ ।

प्रदेश १ मा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको पथरीशनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२४ पुगेको छ । प्रदेश १ मा अब १५३ जना उपचारतः रहेका छन् । प्रदेश १ मा उपचारपछि निको हुनेको ७८.८६ प्रतिशत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्