संखुवासभा बेसिन्दा पहिरोमा फसेकाको उद्धार तथा खोजी कार्यमा खटिएका राईको मृत्यु

संखुवासभा बेसिन्दा पहिरोमा फसेकाको उद्धार तथा खोजी कार्यमा खटिएका राईको मृत्यु

विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा फसेकाहरुको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ । बेसिन्दामा पहिरोले ९ घर बगाएको स्थानमा फसेकाको उद्धार तथा वेपत्ताकाृ उद्धार कार्यमा खटिने क्रममा बेहोस भएका राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयको सुचना समन्वय शाखाले जानकारी दिइएको छ ।

आइतबार बिहान २ बजे झरेको पहिरोमा फसेका ७९ वर्षीय गोवा सिंह राई, निजकी श्रीमती ६० वर्षीया फूलमाया राई, छोरी १४ वर्षीया भिमसरी राई र ५५ वर्षीय भिमबहादुर राईसहित पाँचजनाको उद्धार गरिएको थियो । उहाँहरुमध्ये गोवा सिंह र भिबहादुरको घर पहिरोले पूरै बगाएको हो । पहिरोले घर बगाएपनि अर्का स्थानीय जुद्धबहादुर राई गोठमा गएका कारण जोगिनु भएको थियो ।
पहिरोमा परेर गोवासिंहको बाँया हात र बायाँ टाउकोमा ढुंगाले गहिरो चोट लागेकोले अवस्था गम्भीर रहेको जनाइएको छ । फूलमाया र भिमसरी र भिमबहादुर सामान्य घाइते  छन् । यसैगरी वेपत्ता हुनेहरुमा राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई र छोरीहरु २१ वर्षीया उन्जीला राई र ११ वर्षीया नम्रता राई हालसम्म छन् । प्रदेश प्रहरीका अनुसार २१ वर्षीया एन्जीला राई गर्भवती थिइन् ।

स्थानीय जुद्धबहादुर राई गोठमा गएको बेला आएको पहिरोले निजको श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृति राई वेपत्ता छन् । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) सहित उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई वेपत्ता छन् । स्थानीय ७० वर्षीया नजमाया राई समेत वेपत्ता रहेको प्रहरीले जानकारी दिइएको छ ।

यसैगरी ८४ वर्षीय हर्कराज र श्रीमती ८२ की आइतमाया राई वेपत्ता रहेका र सन्दीप राई तथा सुभधन राई अहिलेसम्म सम्पर्कमा नभएको प्रहरीले बताएको छ । वेपत्ता भएकाहरुको सबैको घर पहिरोले पूरै बगाएको छ ।
घटनास्थलमा ताम्कु र सिसुवाटार प्रहरी चौकीको टोलि ११ बजे पुगेर उद्धारको काममा खटिएको छ । यसैगरी सिलिचोङका स्वास्थ्य प्रमुख दिपेन्द्र राईसहित दुईजनाको टोलि समेत घटनास्थलमा पुगिसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्