गोठगाउँबाट थप ३३ जना डिस्चार्ज

गोठगाउँबाट थप ३३ जना डिस्चार्ज

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आईसोलेशनमा उपचाररतः ३३ जना निको भएर घर फर्केका छन् । संक्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररतः १८ देखि ५६ वर्ष उमेरका उनीहरुमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा मोरङका ५ जना, झापाका २० जना, सुनसरी २ जना, ताप्लेजुङ १ जना, संखुवासभा ३ जना र खोटााङ २ जना रहनु भएको छ । उनीहरुका डिस्चार्जपछि अस्पतालमा अब ४२ जना उपचाररतः बाँकी रहेको पीयू मेडिकल कलेजका डिन डा.शैलेशमणी पोखरेलले जानकारी दिएका छन् ।

पीयू कोभिड–१९ उपचार केन्द्रबाट मात्रै हालसम्म २२७ जना डिस्चार्ज भईसकेका छन् । त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म ६ जनालाई वीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको छ । रेफर गरिएकाहरु समेत उपचारपछि घर फर्किसकेका छन् । गोठगाउँमा हालसम्म २७५ जना भर्ना भईसकेका छन् ।

प्रदेश १ मा जम्मा संक्रमित ७२४ जनामध्ये उपचारपछि निको भएर घर फर्कनेको संख्या ६०४ जना पुगेको हो । प्रदेश १ अन्तर्गतका विभिन्न अस्पतालमा अब १२० जना मात्रै संक्रमित उपचाररतः रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्