सडकबाट उद्धार, उद्धारपछि सरसफाई

सडकबाट उद्धार, उद्धारपछि सरसफाई

विराटनगर । विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ । विराटनगरका विभिन्न गल्ली र चौक चहार्दै दशवर्ष देखि हिड्दै आएका ५१ वर्षीय पुरुषको उद्धार गरिएको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे र मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट आइतबार उद्धार गरि मानव सेवा आश्रम विराटनगरमा संरक्षणका लागि राखिएको हो ।


उनको उद्धार गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्धार गरि सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । पहिलेको तुलनामा बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरु सडकमा कम हुँदै गएको मन्त्री घिमिरेको दावी थियो ।
सडकबाट उद्धार गरिएकाहरुको औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरुको उद्धार गरिसकेको जनाएको छ ।


सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताएका छन् । सडकबाट उद्धार गरिएकाहरुको सरसफाईदेखि उनीहरुको स्वास्थ्य परीक्षण र खानपीनको व्यवस्थापन हुँदै आएको छ ।
सहयोगापेक्षी, सडकआश्रित मानवहरुका लागि प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माणको पनि तयारी शुरु गरेको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्