भानु जयन्तीको अवसरमा प्रदेश सरकारद्वारा १३ जना स्रष्टालाई सम्मान

भानु जयन्तीको अवसरमा प्रदेश सरकारद्वारा १३ जना स्रष्टालाई सम्मान

विराटनगर । प्रदेश सरकारले २०७ औं भानुजन्तीको अवसर पारेर प्रदेश १ भित्रका १३ जना अग्रज स्रष्टालाई सम्मान गरेको छ ।
सामाजिक विकास मन्त्रालयले सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि स्रष्टाहरुको सम्मान गरेको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सम्मान गर्नुपर्ने स्रष्टा छनौटका लागि कार्यदल नै गठन गरेको थियो । कार्यदलले सिफारिसका नामका आधारमा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानको नगद लाख राशीको पुरस्कारसहित इलामका स्रष्टा डा.नवलकिशोर राई सम्मानित हुनु भएको थियो । स्वास्थ्यको कारणले उहाँको अनुपस्थितिमा प्रा.डा.टंक न्यौपानेले सम्मान गरिदिनु भएको थियो । न्यौपाने गतवर्ष यहि सम्मानबाट सम्मानित व्यक्तित्व हुन् ।


यसैगरी भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित हुनु भएको थियो । ललितकलातर्फ अनुराधा थापा–मोरङ, साहित्यतर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शेर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी, साहित्य र कलातर्फ डीवी किराँती–सोलु, रंगकलातर्फ कविता नेपाल–झापा, चलचित्रकर्मीतर्फ केशव रायमाझी–मोरङ, नृत्यकलातर्फ मायाँ पौडेल–मोरङ, गित÷संगीततर्फ वीरध्वज शिवा–मोरङ, सम्मानित उहाँहरुलाई जनही ५०–५० हजार नगदसहित दोसल्सा तथा सम्मान पत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले एउटै मञ्चमा १३ जना स्रष्टालाई सम्मान गर्दै प्रदेश सरकारले स्रष्टाको पहिचान र सम्मानलाई प्राथमिकतामा राखेको बताएका थिए । उनले देश संघीय शासन प्रणालीमा पुर्नसंरचनापछि प्रदेश भित्रका स्रष्टाको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भित्र पर्ने बताएका हुन् ।

कार्यक्रममा प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गर्दै सरकारले दायित्व सम्झेर स्रष्टाहरुको संरक्षण गर्ने बताएका थिए । भाषा, साहित्य, कलाका क्षेत्रको विकासमा सरकारको लगानी प्रारम्भ भएको बताउँदै सबैले आफ्नो प्रतिभालाई अझै मजबुत ढंगबाट उठाउन उनको आग्रह थियो ।
मन्त्रालयले साहित्यकार एवं पूर्व राष्ट्रियसभा सदस्य खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय स्रष्टा मूल्यांकन सिफारिस कार्यदलले गठन गरेको थियो । त्यहि कार्यदलले २०७७ मा सम्मान गर्नेहरुको सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्