गोरेका सहयोगी खड्कालाई विराटनगर ल्याइयो

गोरेका सहयोगी खड्कालाई विराटनगर ल्याइयो

विराटनगर । ३३ किलो सुन काण्डमा मुछिएका हरीशरण खड्कालाई विराटनगर ल्याइएको छ । मोरङ उर्लावारीका चुडामणी उप्रेती गोरेसँग मिलेर नेपालमा तस्करीको सुन भित्र्याउने गरेको आरोप लागेका उनलाई मोरङ ल्याइएको हो ।

उनी आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त हुन् ।  काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–४ का खड्का विरुद्ध प्रहरी प्रधान कार्यालय रेड नोटिस जारी गरेको थियो ।

दुबईबाट पक्राउ गरेर उनलाई दुईदिन अगाडी असार २७ गते नेपाल ल्याइएको थियो । उनलाई सोमबार मोरङ जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्