काकामाथी भतिजोद्धारा धारिलो हतियार प्रहार, घाईते काकाको उपचारको क्रममा मृत्यु

<span class='c1'>काकामाथी भतिजोद्धारा धारिलो हतियार प्रहार,</span> <span class='c2'>घाईते काकाको उपचारको क्रममा मृत्यु</span>

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका १ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

सोमवार बिहानै मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संग्लग्न गंगा राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्