मोरङको चिसाङ खोलामा पहिरोले बगाएर १ महिलाको मृत्यु

मोरङको चिसाङ खोलामा पहिरोले बगाएर १ महिलाको मृत्यु

विराटनगर । मोरङको केरावारी गाउँपालिका(२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ ।

२७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा बुझाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्