जङ्गली हात्तीलाई धपाउन खेतमा राखिएको नाङ्गो विद्युतीय तारमा परी एकको मृत्यु

जङ्गली हात्तीलाई धपाउन खेतमा राखिएको नाङ्गो विद्युतीय तारमा परी एकको मृत्यु

झापा । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका(९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ ।

थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राख्नुभएको थियो । सोमबार बेलुकी ५ः ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता डीएसपी शैलेश थापाले बताउनुभयो ।
यस क्षेत्रको लामो क्षेत्रमा स्थानीयले जङ्गली हात्तीबाट बच्न आफ्ना खेतमा विद्युतीय धराप राखेका छन् । यस धरापमा परी बर्सेनि स्थानीयको ज्यान जाने गरेको छ । हात्ती समस्या समाधानका लागि स्थायी समाधान नहुदा घरेलु उपायबाट स्थानीयको ज्यानै जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्