घुस लिदाँलिदैं इन्जिनियर नारायणकाजी श्रेष्ठ पक्राउ

घुस लिदाँलिदैं इन्जिनियर नारायणकाजी श्रेष्ठ पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई ९ लाख ३४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट गोप्य रुपमा खोटाङ पुगेको टोलीले मंगलबार कार्यालय प्रमुख श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई काठमाडौं लगिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उक्त डिभिजन कार्यालय प्रदेश १ सरकार अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको कार्यालय हो । श्रेष्ठले उपभोक्ता समितिहरुलाई ‘माथि रकम बुझाउनु पर्ने भएकोले छिटो सम्झौता गर्न’ भन्दै दवाव दिंदै पैसा असुल्दै आएको आरोप थियो ।

यसैगरी अख्तियारले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौं तहका अधिकृत हुकुमबहादुर ओली ९६ हजार घुससहित पक्राउ मंगलबार नै पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओलीलाई घुससहित रंगे हात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट आएको टोलीले कार्यालयमै घुसहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय नगद लिँदै गरेको अवस्थामा ओलीलाई रंगेहात पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्