विराटनगरका सडकमा साइकल व्यापार

विराटनगरका सडकमा साइकल व्यापार

एन्जु शिवाकोटी
विराटनगर । सामान्यतयाः हामी साइकल छोटो दुरीको यात्रामा सहज र छिटो बनाउनको लागी प्रयोग गर्छौ. । कहिले काँही हामी सामान पनि साइकलमा बोक्ने गर्छौ । कोही रहरले साइकल चलाइरहेका हुन्छन् त कोही बाध्यताले साइकल चलाउछन् ।

विराटनगर यस्ता धेरै व्यक्ति छन् । जो साइकलमा व्यापार गर्दछन् । कोही सागसब्जिको व्यापार गर्छन्, कोही भाडाँकँडटाको व्यपार गर्छन् त कोही कवाडीका सामानको । बिहानीको सुरुवातसँगै सुरु भएको उनीहरुको दैनिकी साइकलका चक्कासँगै विराटनगरका गल्लिहरुमा दगुड्ने गर्छन् ।

विराटनगरका साइकल व्यापारीमध्येका एक हुन् महेन्द्र सहनी । विराटनगर ६ का ५९ बर्षीय सहनी १० बर्षदेखि काटुनको व्यपार गर्दै आएका छन् । बिहानै घरबाट हिनेका सहनी विराटनगरका विभिन्न पसलहरुबाट कार्टुन किन्ने गर्दछन् । साझँ परेपछि सबै काटुनहरु भेला पार्छन् र कवाडीमा लगेर बेच्छन् ।

फलफूल तथा अन्य सामान प्रयोग गरिसके पछि ती कार्टुन पसलेलाई काम लाग्दैन । पसलेहरुले आफुलाई काम नलाग्ने कार्टुनहरु जम्मा गरेर बेच्ने गर्दछन् । कार्टुन हेरेर सहनी प्रतिकेजी १० देखि १५ रुपैयाँमा किन्ने गर्दछन् ।
कार्टुनको व्यापार गर्नु भन्दा अगाडी सहनी कोशी चिया उद्योगमा चिया प्याकिङ गर्ने काम गर्थे । त्यहाँ उनले १५ बर्ष काम गरे ।
दुई छोरा र तीन छोरीका बाबु सहनी दैनिक ८ सय देखि हजारसम्म कमाउने गरेको दावी गरेका छन् । सहनीको कमाइले ७ जना परिवारको गुजारा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्