प्रदेश १ बाट ३८ डिस्चार्ज, ६ जना संक्रमित थपिए

प्रदेश १ बाट ३८ डिस्चार्ज, ६ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

डिस्चार्ज भएकामा मोरङका १६, उदयपुरका १३, सुनसरीका २, झापाका ५, इलाम र पाँचथरका १–१ जना रहेको छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६४२ पुगेको छ ।

 

प्रदेश १ मा मंगलबार ६ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटामा ३, झापा, सुनसरी र ते¥हथुममा १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

सामाजिक विकास मन्त्रालयका अनुसार धनुकुटाको छथर जोरपाटीमा २ पुरुष, शहिदभूमीमा १ पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र ते¥हथुमको म्याङलुङमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्