३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई थुनामा राख्न अदालतको आदेश

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई थुनामा राख्न अदालतको आदेश

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले अभियुक्त हरिशरण खड्कालाई थुनामा राख्न आदेश गरेको छ । सुन तस्करी र हत्या प्रकरणमा जोडिएका उनलाई जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पूर्पक्षका लागि थुनामा राख्न आदेश गरको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिइएका हुन् ।

गत शनिबार यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि प्रहरी नियन्त्रणमा परेका उनलाई प्रहरीले मंगलबार अदालतमा बुझाएको थियो । अदालतमा बयानपछि थुनछेक बहसमा खड्कालाई पूर्पक्ष आदेश भएको हो । बादी र प्रतिवादीका कानुन व्यवसायीको बहस पनि सकिएपछि अभियुक्त खड्कालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरिएको स्रेस्तेदार ओझाको जानकारी दिएका छन् ।

प्रहरीले खड्कालाई सोमबार नै अदालतमा बुझाएको थियो । तर कोरोना भाइरसको संक्रमण भएनभएको पुष्टि गर्न प्रहरीले आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अदालतले तत्काल काम कारबाही रोकेर उनलाई फिर्ता पठाएको थियो । मंगबालर पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अदालतले कारबाही अघि बढाएको हो ।

खड्कालाई आइतबारराति ११ बजे मोरङ ल्याइएको थियो । उनी विरुद्ध इन्रपोलमा रेड नोटिस जारी गरिएपछि युईएमा पक्राउ गरिएपनि प्रहरीले अदालती मुद्दाका लागि विमानस्थलमा पक्राउ गरेको घटना उल्लेख गरेको छ ।

१४ वर्ष अघि कामदारका रुपमा दुवई गएका काभ्रे बेथानचोक गाउँपालिका–४ का ४२ वर्षीय खड्का सुन प्रकरणपछि नेपाल आएका थिएनन् ।
मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती समूहले दुवईबाट २०७४ साल माघ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव भएपछि भरिया सुमन शाक्यको हत्या गरिएको थियो ।

घटनाको अनुसन्धानबाट हराएकोसहित अरु पनि सुन तस्करीमा खड्काको संलग्नता रहेको भन्ने खुलेपछि उनलाई प्रहरीले प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

तस्करीको सुन गायव भएपछि गोरे समूहले करेन्ट लगाउँदै यातना दिएर २०७४ साल फागुन १९ गते शाक्यको हत्या गरेपछि घटना बाहिर आएको थियो । अहिलेसम्म पनि उक्त सुन कहाँ छ भन्ने बारेमा केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्