विराटनगर महानगरलाई छिमेकीको स्वास्थ्य सामाग्री

विराटनगर महानगरलाई छिमेकीको स्वास्थ्य सामाग्री

विराटनगर । विश्व व्यापी रुपमा फैलदै गरेको कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई रोकथाम तथा उच्च जोखिमबाट बच्नको लागी विराटनगर महानगरपालीकालाई स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराइएको छ ।

विराटनगर महानगरपालिका भित्र रहेका क्वारेन्टाईनमा कार्यररत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्वास्थ्य सामाग्रीउपलब्ध गराइएको हो ।
छिमेकी लघुवित्त संस्था लिमिटेड विराटनगर शाखाले मंगलबार विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

छिमेकी लघुवित्तले विराटनगरमा रहेका विभिन्न स्थानको क्वारेन्टाईनको अनुगमन गर्दा स्वास्थ्य सामाग्रीको अभाव देखेपछि क्वारेन्टाईनहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको शाखा प्रवन्धक दिलकुमार विश्वकर्माले जानकारी दिएका छन् ।
संस्थाले सेनिटाईजर, मास्क, ग्लप्स, साबुन र सर्फ गरी २४ हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्