विप्लवका सैन्य इन्चार्ज जोखिम पक्राउ

विप्लवका सैन्य इन्चार्ज जोखिम पक्राउ

विराटनगर । नेकपा विप्लव समूहका पूर्वी कमाण्ड सैन्य ईन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् । मोरङ उर्लाबारी–३ घर भएका नन्दबहादुर बोहोरा ‘जोखिम’ लाई पेस्तोलसहित पक्राउ गरेको हो ।

 

तत्कालिन माओवादीको  प्रथम डिभिजन बन्दा छिन्ताङ–सुखानी स्मृति बिग्रेडका बिग्रेडियर थिए । सेना समायोजनपछि मोरङलाई आधार क्षेत्र बनाएर तत्कालिन एमाओवादीको भुगोलको राजनीतिमा सक्रिय रहेका थिए ।
तीनवर्ष अगाडी मात्रै उनी विप्लव समूहमा आवद्ध भएका उनलाई जोखिम आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।


उनलाई एक नम्बर प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलिले मंगलबार पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र थ्रीनटको ३ राउण्ड गोली पनि बरामद गरेको मोरङ प्रहरीका प्रवत्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् । प्रहरीले उनकोे साथबाट १ थान सकेट बम, ईलेक्ट्रिक डेटोनेटर केवल पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार बोहरा मोरङमा घटाएको विभिन्न घटनामा संलग्न फरार प्रतिवादी हुन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ पूर्वपश्चिम लोकमार्गको दक्षिण साईड पानीटंकी छेउमा २०७४ चैत ११ गतेसुतली बम राखेको उनीमाथि आयोप छ । यसैगरी २०७६ जेठ १३ गते सुन्दरहरैचा नगरपालिका ७ ठडियास्थित दिपशिखा माछा घर अगाडी पाथिभरा टोल पूर्व–पश्चिम राजमार्ग दक्षिण किनारमा भएको बिजुलीको पोल नजिकै प्रेसर कुकर बम, मिक्लाजुङ्ग गाउँपालिका १ साकेलाथान स्थित किसानचौक टाडी–रमिते, आईतबारे सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काभेटरमा बम बिस्फोट गराई आगो लगाई क्षति पु¥याएको आरोप समेत उनलाई लगाइएको छ ।


यसैगरि २०७६ माघ १० गते केराबारी गाउँपालिका १० स्थित केरावारी गाउपालिकाको कार्यालयमा, माघ १२ गते केराबारी गाउँपालिका २ मा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको घटनामा पनि उनी संलग्न रहेको प्रहरीले आरोप लगाएको छ ।

यसैगरी गत भदौ ३ गते झापा बिर्तामोड नगरपालिका २ चारपाने चौक उत्तरपट्टि रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालय निर्माणधिन भवनको कम्पाउण्ड वाल र गार्ड रुमको बिचमा प्रेसर कुकर बम बिष्फोट गराएको पनि उनीमाथि आरोप छ । यस्तै गत भदौ २० गते सुनसरी ईटहरी ९ स्थितमा रहेको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा रहेको पर्खालमा अज्ञात मानिसहरुले प्रेसर कुकर बम विष्फोट गराएको, धरान उपमहानगरपालिका १९ स्थित बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको घोपाको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोट गराएको र भोजपुर तथा संखुवासभा जिल्लामा हातहतियार सम्बन्धी बिभिन्न घटनामा पनि बोहराको संलग्न रहेको प्रहरीले जनाएको छ ।

तत्कालिन माओवादीमा हुँदा इमान्दार र लडाकु मानिने जोखिम कालिकोट फेनेली भन्ने स्थानका हुन् । पश्चिमबाट पूर्वतर्फ लडाई लड्दै आउने क्रममा उनी मोरङमा नै बसेका थिए । सेना समायोजनपछि आएको रकमले उर्लाबारीमा घर बनाएर बसेका उनी एमाओवादी–एमालेबीचको एकता प्रक्रिया अगाडी बढेसँगै प्रचण्डबाट कुनै आशा नरहेको भन्दै विप्लवको सम्पर्कमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्