प्रदेश १ मा समुदायमा कोरोना परीक्षण गरिने

प्रदेश १ मा समुदायमा कोरोना परीक्षण गरिने

विराटनगर । प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टीनमा मात्र देखिएकोले परीक्षण समेत क्वारेन्टीनमा सिमित रहेको थियो ।

समुदायमा संक्रमण छैन तर प्रदेश सरकारले नमूनाका रुपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । उनले क्वारेन्टीनमा मात्र हैन समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवश्यक रहेको बताएका हुन् ।

कोरोना उपचार केन्द्र र क्वारेन्टीनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले जानकारी दिइएका छन् । पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको छ ।

कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले जानकारी दिइएका छन् । सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण देखिएको छैन । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी सुरु गरिएको उनले बताएका छन् । ‘निजि अस्पताल सञ्चालकहरुको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ, मन्त्री घिमिरेको भनाई छ, स्वास्थ्यकर्मीको परीक्षण पछि समुदायस्तरमा परीक्षण गरिनेछ ।

परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदुायस्तरमा पनि परीक्षण गर्न लागिएको उनको भनाई छ । मन्त्री घिमिरेका अनुसार क्वारेन्टीनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्म परीक्षण गर्ने काम भईरहेको छ ।

प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दोक्रममा रहेको छ । प्रदेश १ को अवस्था भयाभह देखिएको छैन । भारत लगायतका तेश्रो मुलकबाट आउनेहरुमा मात्र संक्रमण देखिएको मन्त्री घिमिरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्