लायन्स क्लवद्धारा २ हजार ६ सय भीटीएम हस्तान्तरण

लायन्स क्लवद्धारा २ हजार ६ सय भीटीएम हस्तान्तरण

विराटनगर । लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ ।
संभावित वा संकास्पद व्यक्तिहरुको कोरोना भाईरस परीक्षणका लागि आवश्यक भाईरस ट्रान्सपोर्ट मेडियम (भीटीएम) बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्री, पूर्व गर्भनरहरु भीम घिमिरे, लीला ढुंगेल, लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका फस्ट भाईस डिष्ट्रिक गभर्नर रेवत कार्की, क्याबिनेट सेक्रेटरी विकास अधिकारी लगायतको टिमले मन्त्री घिमिरेलाई भीटीएम हस्तान्तरण गरेको थियो ।

 

लायन्स क्लवले कोशी अस्पताल विराटनगरलाई १ हजार ४ सय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ हजार ४ सय भीटीएम किट हस्तान्तर गर्ने जनाएको छ । प्रदेश १ मा १० हजार डलर बरावरको किट हस्तान्तरण हुने लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्रीले जानकारी दिइएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति लिएर लायन्सले भीटीएम वितरण गरिरहेको उनले बताएका छन् ।
किट ग्रहण गर्दै मन्त्री घिमिरेले मानवजाति कोरोनाको प्रकोपबाट प्रताडित भएको बेला सबैको सहयोग आवश्यक रहेको बताएका थिए । कोरोनालाई मानवजातिले पराजित गर्ने निश्चित भएपनि केही समय लाग्ने उनको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्