प्रदेश १ मा ५ संक्रमित थपिए

प्रदेश १ मा ५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन् । तीनजना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो ।

जसमध्ये इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इलामको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४१ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्