गोल्डेन अस्पतालमा ८ महिनादेखि उपचारर्थ गणेश राईको उपचारमा जुट्यो रकम तर ज्यान बचेन

गोल्डेन अस्पतालमा ८ महिनादेखि उपचारर्थ गणेश राईको उपचारमा जुट्यो रकम तर ज्यान बचेन

प्रेम देवान
विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण ८ महिनासम्म अस्पतालको शैयामा बसेका सुनसरी जिल्ला तरहराका ४२ बर्षीय गणेश कुमार राईको उपचारको क्रममा निधन भएको छ । उनी केहीदिन अगाडीमात्र विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका थिए ।

गोल्डेन अस्पतालमा तिर्नुपर्ने रकम बुझाईसकेपछि विराटनगर २ सोमबारेमा रहेको सर्व फिजियो थेरापीमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । गोल्डेन अस्पतालमा उपचार गरेवापतको रकम तिर्न नसक्दा उनी अस्पतालमा ८ महिनासम्म बस्नु परेको थियो । मृतक गणेशका परिवारले देश तथा विदेशबाट उपचार खर्चको अपिल गर्दै जुटाएको रकम अस्पताललाई बुझाएर फिजियो थेरापीमा लगिएको थियो । र, अचानक असार ३१ गते बुधबारका दिन बिहान ५ बजे तिर श्रीमान्को निधन भएको मृतककी श्रीमती विष्णुमाया तामाङ राईले जानकारी दिइन् । गणेशको उपचार गर्न देश तथा विदेशमा रहेका धेरै नेपालीले ठूलो सहयोग गरेका थिए । साथै गणेशका छोरा सन्तोष राईको स्कुल तथा कलेजका साथी र विदेशमा रहेका साथीहरुले समेत ठूलो सहयोग रकम जुटाएका थिए । बुबाको उपचाररर्थ देश तथा विदेशबाट गरी जम्मा १४ लाख ९७ हजार १७३ आर्थिक रकम जुटेको गणेशका छोरा सन्तोष राईले बताए । गणेशको उपचारर्थ सहयोगको लागि आवर विराटनगरले समेत भिडियोसहितको समाचार प्रसारण गरेको थियो । आवर विराटनगरमा गणेसको उपचारका लागि गरिएको अपिलमा धेरै जनाले अस्पताल मै पुगेर उपचारको लागी सहयोग गरेका थिए । विराटनगरको सामाजिक कार्यमा सकृय ग्रुप नारी द पावरले अस्पतालमा नै पुगेर ३० हजार रुपिँया उपचार खर्च परिवारका सदस्यलाई उपलब्ध गराएका थिए । त्यसैगरी स्वतन्त्र महिला समुहले पनि नगद १० हजार आर्थिक सहयोग गरेको थियो । उता तरहरामा बस्ने सन्तोषका स्कुलका साथीहरुले समेत अस्पताल मै पुगेर उपचार खर्च जुटाएका थिए ।

गणेस राईको उपचारर्थ विदेश तथा स्वादेशबाट सहयोग गर्नेहरुको नामवलीहरु यस प्रकार रहेका छन् ः

गोल्डेन अस्पतालले समेत गणेशको उपचारमा ३ लाख छुटको व्यावस्था गरेको अस्पतालको जनरल म्यानेजर सन्तोष मेहताले बताए । गाणेशका श्रीमती र छोरा सन्तोष उपचार खर्च जुटेपछि धेरै खुशी भएका थिए । अब श्रीमान् र बुबाको उपचार हुने भन्दै निकै खुशी पनि देखिन्थे । तर आज उपचार गराएर निको बनाउने सपना बोकेका उनका परिवारको सपना भने अधुरो नै रह्यो । दैवको खेल हामी सबैले एक दिन न एक यो संसारलाई छाडेर जानु नै पर्ने हो मात्र ढिलो चाँडोको फरक हो ।

मृतक गणेश राई प्रति संवेदना प्रकट गर्दै मृतकका परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्रधान मिलोस भन्दै अन्तमा गणेशको उपचारर्थ सहयोग गर्ने ती सहयोगी हातहरुलाई र्हदयदेखी नै नमन गर्न चाहान्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्