फेसबुक र भाइबर च्याट गरेर ५ मिनटमा बैंंक खाता खोल्न सकिने

फेसबुक र भाइबर च्याट गरेर ५ मिनटमा बैंंक खाता खोल्न सकिने

सुयोग ढकाल

विराटनगरकी शुशीला आचार्यलाई एउटा कारोबारका लागि अलग्गै बैंक खाता खोल्नपर्ने भयो । तर, कोरोना त्रासमा बैंकमा जाने, लाइन बस्ने र खाता खोल्ने काम प्राथमिकतामा पर्ने कुरै भएन ।

शुशीला जस्ता अन्य धेरैलाई परम्परागत बैंकिङ प्रणालीले घरमा नै बसेर खाता खोल्न सक्ने सुविधाहरु दिनसकेको थिएन । तर, एनएमबी बैंकले फेसबुक र भाईबर च्याटबाट ५ मिनेटमै खाला खोल्न सकिने सुविधा ल्याएपछि अन्तत: आफ्ना सबै कागजात पेश गरेर शुशीलाले आफ्नो खाता खोल्ने अवसर पाउनुभयो । घरै बसेर पहिलो कारोबारमा उत्प्रेरणा स्परुप बैंकले दिएको क्यासब्याक डिस्काउन्टले अनलाइन बैंकिङतर्फ अझै धेरै आकर्षण शुशीलालगायत नेपालभरिका एनएमबी बैंकका सबै कारोबारीलाई पुगेपछि सहज भएको छ ।

नेपालका बैकिंङ सेवाग्राहीहरुले अब केवल ५ मिनेटमा आफ्नो घरबाटै म्यासेन्जरमा या भाइबरमा च्याट गरेर नै बैंकमा खाता खोल्न सक्नेछन् । कोभिड–१९ महामारीको विषम परिस्थितिमा एनएमबी बैंकले नेपालमै पहिलो पटक यो सेवा केहि महिना अघि नै सुरु गरेको हो ।
एनएमबी बैंकले भाइबर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोबारमा १० प्रतिशत छुट वा ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप–अप, खाने पानी, बिजुली, विद्यालय शुल्क र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ ।

 

पुरानो दिन सम्झन्छु, बैंक अकाउण्ट खोल्न आधा दिन नै बितेका अनुभव पनि मैले संगालेको छु । नागरिकता, फोटो बोकेर लाइनमा बसेर अनि हस्ताक्षर र ल्याप्चेको बुढी औंलामा लागेको कालो रंगसँगै बैंक बाहिर निस्कँदा खाता खुलेको उत्सुकता भन्दा बढि त पर्खाइको थकाई र खेर गएको समयको बिस्मात मात्र थियो ।

यस कोरोना महामारीमा भौतिक दुरी कायम गर्दै भींडभाडको जोखिम बिचार गर्दा यसरी लाइन बसेर बैंकको खाता खोल्ने मात्र हैन कि अन्य जुनसुकै कुराहरु भौतिक उपस्थितिमा भन्दा डिजिटल प्रयोगबाट गर्नुपर्ने आवश्यकता छ । सन् २०२० मा बैंकिङ फिलोसपी अन्य वर्षहरु भन्दा केहि फरक हुनेवाला छ, कोभिड १९ को महामारी, लकडाउन अनि भौतिक दुरी कायम गर्ने आवश्यकता बिच अबको बैंकिङ्ग थप सिर्जनात्मक अनि ग्राहकमैत्री हुन जरुरी देखिन्छ ।

द्यभततभच द्यबलपभचक अचभबतभ दभततभच द्यबलपक बंैकिङ्ग क्षेत्रमा यो भनाँई निकै चर्चित छ, राम्रा बैकंरहरुले राम्रो बैंकको सिर्जना गर्दछन् । कुरा राम्रो बैंकको हुँदैछ तसर्थ आज म राम्रो बैंकको कुरा निकाल्दै छु । एनएमबी बैंकको बेवसाइटमा भएको समृद्धि च्याट बोट या एनएमबी बैंकको फेसबुक र भाइबरको म्यासेजमा केवल ५ मिनेट गरेको कुराकानीको आधारमा र पठाइएको जानकारी र विवरणको आधारमा सहजै खाता खोल्न सकिन्छ । अब घरमा बसिबसि च्याट गरैकै भरमा खाता (मुद्धति निक्षेप खोल्ने) र खाता नविकरण पनि म्यासेन्जर र भाइबरबाटै गर्न सकिने सुविधा रहेको छ । स्मार्ट सेभिङ र स्मार्ट फिक्सड डिपोजिटका रुपमा बैंकले यी सुविधाहरु उपलव्ध गराएको हो ।

च्याटमा भएको मुख्य मेनुमा गएर खाता खोल्ने अप्पनमा क्लिक गरि सहजै त्यहाँ मागिएको कागजातको जानकारी प्रदान गरेर सुरक्षित तवरले खाता खोल्न सकिने रहेछ । मेरा लागि चाँही यो नेपाली बैंकिङ्ग क्षेत्रको डिजिटलाइजेशनका लागि एउटा यूगान्तकारी परिवर्तन र रुपान्तरण हो । यस्ले गर्दा हरेक ग्राहकले घर भित्रै बसेर, आफ्नो अनुकुलमा बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । सेवाग्राहीको आवश्यकता अनुसार, उनीहरुको माग अनुसार सेवाप्रदान गर्न सक्ने बैंकको प्रभावकारिता गज्जब हुन्छ । आखिरमा तपाँई हामीजस्ता सेवाग्राहीका लागि बंैकिङ्ग एउटा अनुभव न हो । यस अनुभवको सहजता र उत्कृष्टता दुबै हाम्रा लागि महत्वपूर्ण हुन्छन् । यसका साथै एनएमबी बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन कारोबारमा प्रोत्साहन गर्न एनएमबीको भाइबर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता योजना ल्याएको हो ।

 

यस योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहक वर्गको लागि सावधानीपूर्वक मोबाइल बैंकिङ्ग सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहक वर्गलाई सहजताप्रदान गर्ने कार्यलाई प्राथमिकतामा राख्दै घरमै बसी ढुक्कसँग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ बैंक उन्मुख भएको छ । आफ्ना मूल्यवान ग्राहक वर्गलाई बैंकिङ्ग अनुभवहरु परिस्कृत भएको महसुश गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम् र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहक वर्गलाई वित्तिय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो । बैंकले सेवाग्राहीलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ नेपाली बैकिङ्ग सेवा नयाँयूगमा प्रवेश गरेको छ ।
नेपाली बैंकिङ्गको यो नयाँ यूगमा घरमै बसिबसि खाता खोल्ने, नविकरण गर्ने, विविद्य बिलहरु भुक्तानी गर्ने, बीमाको प्रिमियमसम्म तिर्न मिल्ने सुविधाहरु एनएमबी बैंकले उपलव्ध गराएको छ, एनएमबी बैंकका सेवाग्राहीको हकमा बैकिङ कारोबारका लागि नै भनेर बाहिर निस्कन पर्ने र भींडभाडमा जानुपर्ने संभावना न्यून बनाइएको हो ।

अबको बैंकले अकं भन्दा व्यक्ति र उनीहरुको बंैकिङ्ग अनुभवलाई ध्यान दिनुपर्ने प्रष्ट छ, घरमै बसौं सुरक्षित रहौं ।

(ढकाल नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप्स हाम्रो पात्रोका दैनिक सामाग्रीका लेखक र अन्वेषक हुनुहुन्छ, व्यवसायिक लेखक अनि शोधकर्ताका रुपमा वहाँले थाइल्याण्ड, इण्डोनेशीया लगायत विश्व एड्स कन्फरेन्समा पनि डेलीगेटका रुपमा प्रतिनिधित्व गर्नुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्