विराटनगरमा कक्षा ११ को भर्ना सुरु

विराटनगरमा कक्षा ११ को भर्ना सुरु

विराटनगर । विराटनगरका निजी उच्च मा.वि.ले कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआउँदै विराटनगरका उच्च मा.वि.ले पूर्व भर्ना कार्यक्रम सुरु गरेका हुन् ।

‘प्रि–एडमिशन’ भनेका छौं, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने–संभव वा सहज हुने विद्यार्थीको रजिष्ट्रेशन सुरु गरेका हौं । भर्ना भन्दा विवादित हुने भएकोले पूर्व भर्ना भनिएको उनको भनाई छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले यस अगाडी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष साउन १ गतेदेखि विद्यालय सञ्चालन कार्यविधि प्रस्ताव बुझाएका थिए ।
स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै विद्यालयमा भर्ना प्रक्रिया चलाउन उनीहरुले सहजीकरणको माग गरेका हुन् । एक महिनासम्म अनलाइन भर्ना अभियान र कक्षा सञ्चालन गर्ने र भदौ १ गतेदेखि विद्यालय खोल्ने तयारी उनीहरुको थियो ।
तर, बिहीबारदेखि भने विद्यालयमा विद्यार्थी बोलाएर भर्ना सुरु गरिएको छ । प्रि–एड्मिसन भनिएको भर्नाका लागि एसईईको नतिजा आवश्यक नपर्ने बुझाई हिसानको रहेको छ ।

काठमाण्डौंमा भर्ना भनेरै सुरु गरिसकेका छन्, हिसानका उपाध्यक्ष पोखरेलेले भने–विराटनगरको भर्ना विवादित नबनोस् भनेर हामीले ‘प्रि’ भनेका छौं । यसवर्ष कोरोना संक्रमणका कारण एसईईको परीक्षा समेत भएको छैन । सरकारले अघिल्लो, गत वर्षको र कक्षा १० मा विद्यालयले लिएको आन्तरिक परीक्षामा प्राप्त गरेको अंकको औसत प्राप्ताङ्का आधारमा नतिजा सार्वजानिक गर्ने तयारी गरिरहेको छ ।

हिसान अन्तर्गतका विद्यालयहरु सञ्चालनका लागि भर्ना प्रक्रिया सुरु गरेसँगै प्याब्सनले अन्गर्ततका विद्यालयहरुले चलाउँदै आएको अनलाइन कक्षा बन्द गर्ने घोषणा गरिएको छ । लकडाउनसँगै बैशाखदेखि अनलाइन कक्षा सञ्चालन गरिएको थियो ।

अधिकांश विद्यालयहरुले पहिलो त्रैमासिक परीक्षा समेत अनलाइनमार्फत लिईसकेका छन् । अनलाइनमार्फत परीक्षा लिएका उनीहरुले एकहप्ताका लागि विद्यार्थीलाई विदा गरेर आन्दोलन सुरु भएको घोषणा गरिएको छ ।
प्याब्सनले शिक्षकलाई तलव दिन नसक्ने भएकोले अनलाइन कक्षा बन्द गरिएको बताएपनि विराटनगरका प्राय विद्यालयले अनलाइन कक्षाको फस्ट ट्रम अनलाइन परीक्षा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्