श्वेता आत्माहत्या प्रकरण : नारीे जीवन विवाहको नेल

श्वेता आत्माहत्या प्रकरण : नारीे जीवन विवाहको नेल

मैले एण्डिशा पराजुलीलाई आफ्नो प्रेम सम्बन्धको बारेमा बताई, फोटाहरू पठाई स्वेता पोखरेलसँग विवाह गर्न लागेको केटा संजिव सुवेदीलाई देखाउनु भन्नु नै मेरो ठुलो गल्ती भयो भन्ने कुरा अहिले आएर मलाई महसुस हुँदै छ, यदि स्वेता पोखरेलले मेरै कारणले आत्महत्या गरेको हो भने म आफूलाई निजको दोषी भएको स्वीकार्छु : सविन पराजुलीको वयान ।

उल्लेखित अशं उदयपुरको बेलका नगरपालिका २ घर भइ विराटनगर–३ मा डेरा गरि बस्ने २३ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा पूर्पक्षको लागि थुनामा गएका सबिन पराजुलीको हो ।  मोरङ जिल्ला अदालतका न्यायधीश राजेन्द्र अधिकारीको इजालशले पक्राउ परेका सुन्दरहरैचा नगरपालिका–१० का २५ वर्षीय पराजुलीलाई बुधबार पूर्पक्षको लागि थुनामा राख्ने आदेश यिनै बयान र घटना अनुसन्धानका सबूतमा टेकेर गरेका छन् ।

अभियुक्त पराजुलीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम अदालतको आदेशले थुनामा राख्ने आदेश भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिइएका छन् ।

उनी थुनामा जानको कारण उनकै कर्म र बयान आधार बनेको देखिन्छ । झण्डै तीनवर्ष लामो प्रेम सम्बन्ध भएकी प्रेमिकाले विवाह गर्न सहमति माग्दा एकवर्ष पर्खन भनेका सविनले श्वेताको स्वतन्त्रतामाथि गरेको खेलवाड ज्यान मार्नका लागि प्रेरित भएको देखिएपछि उनैका बयानका आधारमा अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

श्वेता आत्माहत्या घटना प्रकरणमा सविनसहित नौजनासँगको २० पृष्ठमा बयान समावेश गरि जिल्ला सरकारी वलिकको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले अभियुक्त वा घटनाका मुख्य कारण सविन (पूर्व प्रेमी) र संजिव सुवेदी (श्वेताको विवाह हुनका लागि कुरा भएको केटा) र एन्डिसा पराजुली (संदिवको नातेदार र सविनको चिनजान) सँग लिएको बयानसँगै घटनामा अप्रत्यक्ष जोडिएका बाँकी छ जनासँग अनुसन्धानका लागि बयान लिएको थियो ।

घटनापछिको प्रहरी अनुसन्धानका क्रममा लिइएको बयानमा सविनले श्वेताको मृत्युको कारण आफैं भएको स्वीकार गरेका छन् भने एन्डिसाले श्वेतालाई आत्माहत्या गर्नका लागि बाध्य सविनले बनाएको बयानमा उल्लेख गराएकी छिन् । संजिवले सविन नै कारण बनेर उनले आत्माहत्या गरेको हो वा हैन यकिन भन्न नसक्ने बताउँदै उनको आत्माहत्याको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गराएका छन् । संदिपले सविनसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि सौहार्दपूर्वक श्वेतालाई पूर्व प्रेमीसँगै जीवनयापन गर्न सुझाएको समेत बयानमा उल्लेख गराएका छन् ।

असार ७ गते साँझ आत्माहत्या गरेकी श्वेतालाई दुरूत्साहन गरि आत्माहत्या गर्न बाध्य बनाएको आरोपमा सविनलाई मोरङ प्रहरीले गत असार ८ गते पक्राउ गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलबार पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको माग दाबी राखि ‘आत्महत्या गर्न दुरूत्साहन’ मुद्दामा अभियोग दर्ता गरेको थियो ।

बुधबार जिल्ला अदालतमा सविनको बयान तथा वादी र प्रतिवादीतर्फका कानुन व्यवसायीको बहसपछि थुनछेक आदेश भएको हो ।
श्वेताको विवाह हुने जानकारी पूर्वप्रेमी सविनले थाहा पाएपछि भाँड्ने निष्कर्षका लागि पुराना आफूसँगै बिताएका तस्वीरहरु विवाह हुन लागेका संजिवसम्म पठाएका थिए । त्यसैले मर्माहत भएकी उनको हुन लागेको विवाह रोकिएको थियो भने सविन समेत उनको सम्पर्कविहीन भएका थिए ।

 

तर, पूर्व प्रेमीसँगको सम्बन्ध टुटाएर स्वतन्त्रपूर्वक विवाह गर्ने ईच्छा राखेकी श्वेताले न आफ्नो स्वतन्त्रता प्रयोग गर्न पाइन् न त आफ्नो जीवन जोगाउन । विवाहको बन्धमा बाँधिन आफ्ना जीवनका स्वच्छता प्रमाणपत्र पेश गर्नुपर्ने नारीको जीवन बन्धनको नेलमा बाँधिएकै कारण श्वेताले अन्ततः आत्माहत्या रोज्नु परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्