लुटपाटमा संलग्न चारजना नियन्त्रणमा

<span class='c1'>लुटपाटमा संलग्न</span> <span class='c2'>चारजना नियन्त्रणमा</span>

विराटनगर । प्रहरीले लुटपाटमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको छ । गत असार ११ गते साँझ विराटनगर–२ का दिपेन्द्र विश्वासको मोवायल र एक हजार ५०० रकम लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

विश्वास आफ्नो साथीसँग स्कुलटीमा जाँदै गरेको अवस्थामा विराटनगर–५ मा ढुकेर लुटपाट गरेको आरोपमा विराटनगर–५ का बर्ष १९ का सुरज उराँव, बर्षका १९ का राकेश सतार, बर्ष २१ का अजय सतार र बर्ष २२ का अनिल उराँव नियन्त्रणमा परेका हुन् ।

उनीहरुले मुखमा रुमाल बाँधेर विश्वाससँग भएको कालो रंगको रियल मी ओपो मोवायल र नगद एकहजार ५०० रुपैँया लुटेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरीले असार ३१ गते विराटनगर–५ बाट नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्