स्नातक र स्नातकोत्तरको परीक्षा असोजमा गर्ने त्रिविको तयारी

<span class='c1'>स्नातक र स्नातकोत्तरको परीक्षा</span> <span class='c2'>असोजमा गर्ने त्रिविको तयारी</span>

विराटनगर। त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित परीक्षा गराउने तयारी गरिएको हो ।

विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिएका हुन् ।

विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीको भनाई छ । यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उनेले प्रष्ट्याए ।

यसअघि विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिने लगायतका विकल्प खुला गरेको थियो तर त्रिविले भने अनलाइन या विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो ।
स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने भएको छ । यो परीक्षा दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ । विश्वविद्यालयमा अध्ययन गरेका लाखौँ विद्यार्थी यसबाट लाभान्वित हुनेछन् ।

परीक्षाका कारण लामो समयदेखिको जारी अन्योल चिर्न तत्काल निर्णय लिनुपर्ने छ । विश्वविद्यालयले यसको औपचारिक सूचना सार्वजनिक गर्न साउन ७ गतेपछि दिने भएको छ । सरकारले कोरोना भाइरसको नियन्त्रणमा तथा व्यवस्थापनका लागि जारी बन्दाबन्दीको पछिल्लो समय साउन ७ गते सकिने भएकाले त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने योजनामा आफूहरू रहेको परीक्षा नियन्त्रक जोशीले
जानकारी दिएका छन् ।

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विद्यार्थीलाई जोगाउँदै सामाजिक दूरी कायम गरेर भए पनि परीक्षा लिने र परीक्षा केन्द्रसमेत थप गर्ने योजना बनाएको छ । परीक्षा नियन्त्रक जोशीले विद्यार्थीको अबको परीक्षा सामाजिक दूरी कायम गरेर लिइने बताए । यसबाट विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन सकिने र परीक्षा लिनसमेत सहज हुने परीक्षा नियन्त्रक जोशीले बताएका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्