बेलबारी भेटियो अनौठो माछा

<span class='c1'>बेलबारी भेटियो</span> <span class='c2'>अनौठो माछा</span>

विराटनगर । मोरङको बेलबारी ६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो ।


सुनसरी–मोरङ सिंचाई आयोजनाको यो नहरमा दुईवटा माछा फेला परेका छन् । स्थानीय टेकनाथ शर्माका अनुसार माछा अहिलेसम्म पहिचान नगरिएकोमा पर्दछ ।
बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुलीले अहिलेसम्म कसैले पहिचान गर्न नसकेको माछा भेटिएकोले त्यसको प्रमाणित गर्न स्थानीयले चाहिरहेको जानकारी दिइन् ।

नयाँ प्रजातिको माछा भेटिएपछि धेरैलाई चासो भईरहेको छ । प्राणीशास्त्री एवं वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीले हारा प्रजातिको माछा हुनसक्ने अनुमान लगाएका छन् । माछाको प्रत्यक्ष अनवलोकन नगर्दासम्म यकिन हुन नसक्ने भएपनि बाहिरी स्वरुप हेर्दा हारा जस्तो लाग्ने उनको भनाई छ ।

नेपालका लागि यो नयाँ प्रजाति मानिएपनि भारत र चीनमा पाइने प्रजातिमा पर्छ । अधिकारीका अनुसार आईयूसीएनले यो प्रजातिलाई लेस्ट कन्सर्न बर्गमा राखेको र यसको नौ प्रजाति हुने भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्