साउन ५ देखि ८ भारी वर्षाको संभावना

साउन ५ देखि ८ भारी वर्षाको संभावना

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले पुनः आगामी साउन ४ गते बेलुकादेखि ७ गतेसम्म नेपालका विभिन्न स्थानमा पानी पर्ने संभावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको नजिक आउने संभावना रहेको भन्दै ३–४ दिन सतर्कता अपनाउन आग्रह गरिएको हो ।

मनसुन सक्रिय हुँदा देशका धेरै जसो स्थानमा हल्का, देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुने सम्भावना रहेको जनाएको छ ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केहि स्थानहरुमा र सुदर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षा तथा एक दुई स्थानमा अति भारी बर्षा भई बाढि पहिरोको समेत जोखिम हुन सक्ने संभावना औंल्याइएको छ ।

विशेष गरि, श्रावण ५ देखि ८ गते सम्म प्रदेश १ र २ तथा वागमती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बाग्मती, बुढीगण्डकी, सेतीगण्डकी, मस्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीहरुको जलसतह उल्लेख्य बढ्ने तथा केहिमा सतर्कता तह पार गर्ने सम्भावना रहेको कोशी नदि कन्ट्रोल रुमले उल्लेख गरेको छ ।

प्रदेशहरुका मध्य पहाडी, चुरे तथा तराई भई बहने स–साना नदीनालाहरूमा श्रावण ९ गते सम्म पनि आकस्मिक बहाब हुने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्