केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यकक्षमै छुरा प्रहार

केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यकक्षमै छुरा प्रहार

विराटनगर । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै छुरा प्रहार गरिएको छ ।
शुक्रबार दिउँसो पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा नम्बर १० का भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेको आरोप छ ।


अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ । मोरङका प्रहरी उपरीक्षक मनोज खड्काका अनुसार नोबेलमा उपचार भईरहेका कार्कीको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अस्पताल स्रोतका अनुसार उनको अप्रेशन हुने तयारी भईरहेको छ ।

घाइतेका भाई होम कार्कीका अनुसार ठकुरी पटके ठेक्का लिएर बसेका व्यक्ति हुन् । उनीसँग कुनै विवाद नभएको उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकाल अनुसार छुरा हाल्ने ठकुरीलाई नियन्त्रणमा लिईसकिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्