मोटरसाइकल चोरको साथबाट बरामद गरिएको जीव भागेपछि पथरी प्रहरीलाई हैरान

मोटरसाइकल चोरको साथबाट बरामद गरिएको जीव भागेपछि पथरी प्रहरीलाई हैरान

विराटनगर । इलाका प्रहरी कार्यलय पथरीले मोटर साइकल चोरी गरेको आरोपमा पक्राउ गरेका व्यक्तिसँग बरामद गरेको वन्यजन्तु प्रहरी कार्यालय भित्रैबाटै उम्काएपछि प्रहरीमाथि विविध आशंका उब्जिएको छ । प्रहरीले मोटरसाइकल चोरी गरि बिक्री गर्ने ग्यारेजका सञ्चालकसहित ६ जनालाई गत असार ३१ गते नियन्त्रणमा लिइएको थियो । उनीहरुको साथमा एउटा घस्रने प्रजातिको जीव समेत बरामद भएको थियो ।

प्रहरीले मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई कार्यालयमा पु¥याएपछि बट्टामा राखिएको जीव भने फुत्किएर भागेको हो । प्रहरी नियन्त्रणमा रहेको जीव कस्तो भनेर हेर्ने क्रममा बट्टाबाट निस्केर जीव फुत्किएपछि पथरी प्रहरीलाई अहिले हैरानी भएको छ । प्रहरीले उम्केको जीव जंगल पसेकोे दावी गरेको छ ।

तर, उक्त घटनाले प्रहरी कार्यालय र वन कार्यालयबीच द्वन्द समेत बढाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिप गिरीले कुनै एउटा जीव बट्टामा भेटिएको भएपनि त्यसलाई हेर्ने क्रममा उफ्रेर निस्केको र पक्रने प्रयास गर्दागर्दै जंगल पसेको दावी गरेका छन् । उनले नियन्त्रणमा परेका व्यक्तिसँगै बरामद भएको जीवको विषयमा बुझ्ने क्रममा नै फुत्केर भागेको स्वीकार गरे । मैले बिक्री गरेको छैन, गिरीले भने हेर्ने क्रममा फुत्कियो, पक्रन सकिएन ।

वन्यजन्तु चोरी र शिकारी गरि सोको कारोबारमा संलग्न भएको आशंका समेत पक्राउ परेकाहरुमाथि गरिएको थियो । तर, सबुत प्रमाण नै प्रहरी कार्यालय भित्रैबाट नष्ट भएपछि उनीहरुमाथिको उक्त मुद्दा फितलो मात्रै नभई प्रहरीमाथि विभिन्न आशंका उत्पन्न भएको हो ।

प्रहरीले मोटरसाइकल चोरी गरि नम्वर प्लेट परिर्वतन गरेको आरोपमा दमक झापाका वेण्डम विक, पथरीशनिश्चरे ४ का मिलन खतिवडा, अनुप जोगी, विनोद जोगी, रतुवामाइका अभि हस्ता र सकल हेमरमलाई नियन्त्रणमा लिएको थियो । हेमरम पथरीशनिश्चरे ९ पुलचौकमा मोटरसाइकल ग्यारेज सञ्चालक हुन् । अर्का हस्दा ग्यारेजमा कार्यरत मजदुर हुन् । बाँकी ४ जना मोटरसाइकल चोरी गर्नेहरु हुन् ।

उनीहरुको साथबाट बरामद भएको जीव भागेपछि सव डिभिजन कार्यालय पथरीले प्रहरीको कमजोरी भएको आरोप लगाएको छ । कार्यालयका प्रमुख अलाउद्दिनले वन्यजन्तु नियन्त्रणमा लिएपछि त्यससँग सम्बन्धित अनुसन्धानका लागि सम्बन्धित कार्यालयमा बुझाउनु पर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्